|

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले मत परिणाममा पुन: अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई १२९ मतले अग्रता लिएका छन्।

 इलाम नगरपालिकाका वडा नम्बर १ को मात्र मत गन्न बाँकी रहेको छ।

यो वडा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका झलनाथ खनालको गृह वडा पनि हो। खनाल इलाम-१ शाखेजुङकै हुन्।

तर, गत वैशाखमा भएको स्थानीय निर्वाचनमा इलाम नगरपालिकको वडा नम्बर १ मा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसबाट ११८१ मत ल्याएर गायत्री राम बस्नेत विजयी हुँदा एमालेका अम्बिका गौतमले १०२२ मत मात्र पाएका थिए।

यस क्षेत्रको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा परिणाम कसको पक्षमा जाने हो भन्ने आम चासोको विषय बनेको छ। कडा सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.