|

विराटनगर : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना स्थगित गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको बताएको छ।

काँग्रेस उम्मेदवार रहेका संघीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद शुरु भएको थियो।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कार्कीले २३‚४३९  मत ल्याउँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३‚३४१ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.