|

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर २ मा कडा टक्करबीच राजेन्द्र महतोलाई पछार्दै महिन्द्र राय यादव विजयी भएका छन्।

पछिल्लो मत परिणामअनुसार महतोलाई पछार्दै यादव २३,५२९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी महतो २१,५१६ मत पाए।

राय माओवादीको हसिया हतौडा चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए। सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी दोस्रोपटक चुनावी मैदानमा भिडेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले मतगणनामा पटक–पटक एकले अर्काेलाई उछिनिरहेका थिए।

मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिइरहेका थिए भने महतोले थोरै मतान्तरले पछ्याइरहेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.