|

 काठमाडौं : नेपाल बैङ्क लिमिटेडले रुपन्देहीको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ। बैङ्कले शुक्रबार बुटवल उपमहानगरपालिका- ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको हो।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका  नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा शाखाको उद्घाटन गरे।

नेपालभर २२६ शाखा कार्यालय र १९९ एटिएस शाखा छ । बैङ्कले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.