|

विराटनगर : शनिबार मत गणनाका क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको गणना अझै शुरु हुन सकेको छैन।

मतगणनामा धाँधली भएको भन्दै काँग्रेसका प्रतिनिधिहरूले मत पुनः मत गणना हुनुपर्ने भन्दै माग राख्दा एमालेका प्रतिनिधिहरूले पुनः मत गणना गर्न सम्भव नहुने बताउँदै गणना चालू राख्नुपर्ने माग राखेका थिए।

दुई मुख्य दलको विवाद चर्किएपछि शनिबार साँझ निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो तर सर्वदलीय बैठकमा पनि सहमति हुन नसकेपछि  निर्वाचन कार्यालयले सूचना टाँस गरेर मतगणना स्थगित भएको घोषणा गरेको थियो।

बैठक आइतबार (आज) बिहान ८ बजे बोलाए पनि अझैसम्म सहमतिमा पुग्न नसक्दा सो क्षेत्रको मत गणना शुरु हुन सकेको छैन।

मतपेटिकामा नभएको ६ सय मत नेकपा एमालेको पक्षमा जोडिएको आरोप लगाउँदै मत गणना रोक्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  माग   गरेका थिए।

एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतले हारको डरले मन्त्री कार्कीले बखेडा झिक्न खोजेको आरोप लगाए। उनले काँग्रेसको आरोपमा कुनै आधार नभएको बताए ।  

सर्वदलीय बैठकले सहमतिको प्रयास गरिरहेको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.