|

काठमाडौं :  फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ।   

खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो। क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे।​ मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे।  क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो। दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए। ४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए।

खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए।​ त्ययसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए।

जितसँगै समूह एफ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.