|

सुर्खेत : २४ सिट रहेको कर्णाली प्रदेश सभामा यो पटक चारजना दोहोरिएका छन्। सुर्खेत, डोल्पा र हुम्लाबाट चार प्रदेश सभा सदस्य दोहोरिएका हुन्।

सुर्खेत क्षेत्र नं. २ (२) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (१) बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (२) मा कांग्रेसका जीवनबहादुर शाही र डोल्पा (१) बाट वीरबहादुर शाही, निर्वाचित भएका हुन्।

नयाँ अनुहारमा दैलेख क्षेत्र नं। १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (२) मा कृष्ण बीसी विजयी भएका छन्। सल्यान प्रदेश सभा (१) मा माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन्।  (२) मा कांग्रेसका सुरेश अधिकारी रुकुम पश्चिम (१)मा माओवादीका महेन्द्र केसी (२)राजकुमार शर्मा विजयी भएका छन् ।

सुर्खेत क्षेत्र नं. १ (१) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, क्षेत्र नं. १ (२)मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी, दैलेख क्षेत्र नम्बर २ को (१) मा घनश्याम भण्डारी, दैलेख २ (२) मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह ,जाजरकोट (१) मा कांग्रेसका वेदराज सिंह, (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन्।

कालिकोट (१) बाट माओवादीका दुर्गबहादुर रावत, (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट, डोल्पा (१) मा एमालेका शेरबहादुर बुढा, हुम्ला (१)मा माओवादीका रणसिंह परियार, मुगु (१)मा एमालेका जितबहादुर मल्ल , मुगु (२)मा माओवादीका मंगलबहादुर शाही, जुम्ला प्रदेश सभा (१)मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला (२) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.