|

उदयपुर : गणनाको क्रममा मतपत्र बढी फेला परेपछि उत्पन्न विवादका कारण रोकिएको उदयपुरको मतगणना अझै सुरु हुन सकेको छैन।

निर्वााचन क्षेत्र नं १ को प्रतिनिधिसभाको मतपत्र गन्ने क्रममा १०७ वटा मतपत्र प्रदेशसभाको फेला परेपछि उत्पन्न विवादका कारण आइतबार दिनभर रोकिएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल गरी गणना अघि बढाउन खोजेपनि सहमति जुट्न सकेको छैन।

नेकपा एमालेलगायत विभिन्न १५ जना उम्मेदवार तथा प्रतिनिधिहरुले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका छन्। 

उनीहरुले निवेदन नै पेस गरेका छन्। नेपाली कांग्रेसले भने गणना हुनुपर्ने माग राखेको छ।

उत्पन्न विवादबारे निर्वाचन आयोगलाई पत्र लेखी पठाउने र आएको आदेश तथा निर्देशन बमोजिम अगाडि बढ्ने गरी मुख्य निर्वाचन अधिकृतले प्रक्रिया अघि बढाएको जानकारी दिइएको छ।  उदयपुर १ मा कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री समेत रहेका  डाक्टर नारायण खड्का र नेकपा एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीबीच कडा टक्कर रहेको छ। खड्काले २१ हजार ८ सय ३३ र चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.