|

पर्वत : गण्डकी प्रदेश सरकारअन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रदेशका ४३ वटा क्याम्पसलाई एक करोड ५० लाख ५० हजार रुपैयाँ वितरण गर्ने भएको छ।

मन्त्रालयका उपसचिव भोजराज न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७८\०७९ मा सामुदायिक क्याम्पसमा सूचना प्रविधि विस्तार गर्न छनोट भएका क्याम्पसलाई बजेट दिन लागिएको हो। गत आर्थिक वर्षमा छनोट भएर पनि प्राविधिक कारण वस्तुगत अनुदान उपलब्ध गराउन नसकिएकाले मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार सम्बन्धित क्याम्पसले नै व्यवस्थापन गरी रकम उपलब्ध गराउन लागेको उनले बताए।

सामुदायिक क्याम्पसले डेस्कटप कम्प्युटर, ल्यापटप वा मल्टिमिडिया प्रोजेक्टर खरिद गर्न सक्ने गरी प्रत्येकलाई तीन लाख ५० हजार रुपैयाँका दरमा बजेट दिन लागेको हो। मन्त्रालयले तोकेका सामग्री क्याम्पसको आवश्यकताको प्राथमिकीकरण गरी तोकिएको प्रस्तावको ढाँचामा प्रस्ताव गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.