|

हेटौंडा : मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ मकवनानपुरमा ३१ हजारभन्दा बढि मत बदर भएको छ।

मकवानपुरमा प्रतिनिधिसभातर्फका दुई निर्वाचन क्षेत्र र प्रदेश सभातर्फका चार वटै निर्वाचन क्षेत्रमा ३१ हजारभन्दा बढि मत बदर भएको हो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ३१ हजार ४ सय ७४ मत बदर भएको छ। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर १ मा ९१ हजार ४ सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ। यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ मकवानपुर १ को (क) मा ४६ हजार २ सय ३० मत खसेकोमा १ हजार ६ सय ६३ मत बदर भएको छ। निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा ४५ हजार ८० मत खस्दा १ हजार ५ सय ४ मत बदर भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा ९१ हजार ५ सय २७ मत खसेकोमा ३ हजार ५ सय ८२ मत बदर भएको छ भने ८७ हजार ९ सय ४२ मत सदर भएको छ।

 प्रदेशसभा समानुपातिकतर्फ मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ४५ हजार ७५ मत खसेकोमा १ हजार ६ सय ९८ मत बदर भएको छ भने ४३ हजार ३ सय ६ मत सदर भएको छ । यस्तै, प्रदेशसभा समानुपातिकतर्फ १ को (ख) मा ४६ हजार १२ मत खसेकोमा २ हजार ३ सय ९५ मत बदर भएको छ।

प्रतिनिधिसभाकै प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर २ मा ८६ हजार ३ सय १ मत खसेकोमा ४ हजार १ सय २ मत बदर भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ २ को (क) मा ४५ हजार ८ सय ५३ मत खसेकोमा १ हजार ५ सय ९९ मत बदर भएको छ। 

यस्तै, प्रदेश सभा २ को (ख) मा ४३ हजार ३ सय २९ मत खसेकोमा १ हजार ४ सय ९४ मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ८६ हजार ३ सय ३८ मत खसेकोमा ४ हजार १ सय १४ मत बदर भएको छ भने ८२ हजार २ सय २४ मात्रै सदर भएको छ । प्रदेशतर्फ ८६ हजार ३३ मत खसेकोमा ५ हजार २ सय ६६ मत बदर भएको छ भने ८० हजार ७ सय ६७ मत मात्र सदर भएको छ।

मकवानपुरमा मंसिर ४ कोे निर्वाचनमा ३ लाख ७ सय ३३ मतदाता मध्ये १ लाख ७८ हजार २ सय ८२ जनाले मात्र मतदान गरेका थिए। जुन करिब ५९ प्रतिशत हो । बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बढी बदर मतमा मतदाताहरुले मतपत्रमा भएको सबै चुनाव चिन्हमा छाप लगाउने र कुनै छापै नलगाएको पनि पाइएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.