|

काठमाडौं : महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियानमा कचहरी नाटक हुने भएको छ। 

‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभीप्सा’ नाम रहेको नाटकमा सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको छ।

काठमाडौँका विभिन्न विद्यालयमा देखाइने नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा बोल्नेछ। यही १२ गतेबाट हुने नाटक बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतका विभिन्न ठाउँहरूमा देखाइनेछ। 

नाटकले हाम्रो समाज, गाउँ, ठाउँ र परिवारभित्रै हुने हिंसाका विभिन्न किस्साहरू देखाएको छ। 

नाटकमा सुवास सुवेदी, सुशीलसिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेती लगायतका कलाकारहरूको भूमिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.