विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार चौधरीले ४ हजार ७ सय ६१ मतको अग्रता लिएकी हुन्। चौधरीले ३२ हजार ४ सय १७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका विजयकुमार गच्छदारले २७ हजार ६ सय ५६ मत ल्याएका छन्।
यहाँ अब १८ हजार ७ सय १४ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।