|

कतारमा भइरहेको विश्वकप फुटबलको समूह एच को आजको खेलमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ। एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गरेको हो। 

खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई पहिलो हाफमै अग्रता दिलाए।

पहिलो गोल गरेको १० मिनेटपछि नै ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले गोल गरेर घानाको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २ गोलबाट पछि परेको दक्षिण कोरियाका लागि चो गि सुङले ५८ औं तथा ६१ औं मिनेटमा गोल गरेर खेलमा फर्काए।

त्यसपछि ६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको व्यक्तिगत दोस्रो गोलले घानाले ३-२ बाट अग्रता लियो जुन खेलको अन्त्यसम्म पनि कोरियाले गोल फर्काउन नसकेपछि निर्णायक सावित भयो।

जितसँगै घाना ३ अंकका साथ समूह एच को दोस्रो स्थानमा उक्लिएको छ भने खेल हारेपछि दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ।

घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो भने दक्षिण कोरियाले उरुग्वेसँग गोलरहीत बराबरी खेलेर १ अंक बटुलेको थियो।

खेलका केही झलकः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.