|

पोर्चुगलले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।

लुसाइल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । 

पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्दै नकआउट चरणमा स्थान बनायो।  शीर्ष स्थानमा रहेको पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ।​

उरुग्वे १ अंक जोडेर अन्तिममा रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.