|

रौतहट : अज्ञात गाडीको ठक्करबाट मर्निङ वाकमा निस्किएका एक व्यापारीको सोमबार बिहान मृत्यु भएको छ।

गरुडा नगरपालिका ४ का ४८ वर्षीय व्यापारी राजनारायण साहको मृत्युबारे सत्य(तथ्य जानकारी दिन माग गर्दै नगर उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र जयसवालको नेतृत्वमा स्थानीय व्यापारी र बासिन्दाले बाटो अवरुद्ध गरेर दुई घण्टा चक्काजामसमेत गरेका थिए।

प्रहरीले व्यापारी मृत्युको कारण सडक दुर्घटना भने पनि सवारीसाधनबारे खुलाउन सकेको छैन। प्रहरीले घाइते साहलाई उपचारसमेत नगराएको स्थानीयको आरोप छ। उपचार अभावमा मृत्यु भएकामा व्यापारीहरु प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए। सोमबार बिहान मृत्यु भएका साहको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.