|

सुर्खेत : कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ। मंगलबार बिहानसम्मको परिणामअनुसार कर्णालीमा नेकपा एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ।

पाँच लाख ७७ हजार ८२९ मत खसेकोमा एक लाख ८३ हजार ९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएको छ। 

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा माओवादी केन्द्र समानुपातिकमा तेस्रो दलको हैसियतमा छ। माओवादीले एक लाख ३७ हजार ६२९ भोट ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३५ हजार८२६ भोट ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत ल्याएको छ।

नेपाल मजदुर किसान पार्टी आठ हजार ९९३ ,नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी ३ हजार ९९ , नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले एक हजार ८७१ र राष्ट्रिय जनमोर्चा एक हजार ८३६ मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टी एक हजार ६६२ ,  जनता समाजवादी पार्टी, एक हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६, मंगोल नेसनल अर्गनाइजेसन ५७४ , कांग्रेस बीपी ५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, ४४५ ,नेपाली जनता दल ४२३ , नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ र नागरिक उन्मुक्ति पार्टी ३८६ ले मत  ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.