|

काठमाडौं : फिफा विश्व कप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्। 

आज समूह ‘ए’ र ‘बी’ का दुई÷दुई खेल हुने तालिका छ। नेपाली समय अनुसार बेलुकी पौने नौ बजे हुने खेलमा समूह ‘ए’ का इक्वेडर र सेनेगल भिड्दा सोही समयमा आयोजक कतारले नेदरल्याण्ड्सको सामना गर्नेछ। 

समूह ‘ए’ बाट शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यसअघिका दुवै खेल हारेको कतारको अघिल्लो चरण प्रवेशको संभावना सकिइसकेको छ।  समान ४ अंक जोडेका नेदरल्याण्ड्स र इक्वेडर तथा ३ अंक जोडेको सेनेगलमध्ये दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्। ​

आजै राति पौने १ बजे समूह बी का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ। यो समूहबाट चारवटै टिमको अन्तिम १६ मा पुग्ने संभावना जिवितै रहेको छ। इङल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने इरान ३ अंकसतिह दोस्रो स्थानमा छ। २ अंकसहित अमेरिका तेस्रो स्थानमा रहँदा अन्तिम रहेको वेल्सको १ अंक छ। पोर्चुगल, ब्राजिल र फ्रान्सले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.