|

चीनमा प्रहरी दमनसँगै कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शन कमजोर बनेको छ। ठूलो संख्या प्रहरी परिचालन गरिएपछि प्रदर्शन कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्य सडकमा ठूला अवरोध अझै पनि रहेको र प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न रोक लगाएको छ भने उनीहरूको क्यामरा वा मोबाइलबाट फोटो मेटाउन भनिएको छ। 

गत बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको थियो। कोभिड प्रतिबन्धकै कारण मानिस आगोबाट बच्न नसकेको भन्दै प्रदर्शन चर्काइएको थियो। तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.