|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ।

निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौं, यो परिणाम हामीले सोचेको जस्तो छैन,’ बैठकबारे प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

चुनावको अन्तिम नतिजा आउन बाँकी रहेकाले विस्तृत समीक्षा पछि गरिने बताए। नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.