|

विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित पक्का भएको छ। 

३ हजार ६ सय मत गणना गर्न बाँकी हुँदा चौधरीले ५ हजार ४ सय ३४ मतको अग्रता कायम गरेकाले उनको जित सुनिश्चित भएको हो। 

पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३९ हजार २ सय ९७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.