|

दाङ : जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ६४ जना उम्मेदवारको जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने ६४ उम्मेदवारको जमानत जफत भएको हो।

सम्बन्धित क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत उम्मेदवारले प्राप्त नगरेको खण्डमा जमानत जफत हुने कानुनी प्रावधान छ। यसरी जमानत जफत हुनेमा ७ जना महिला र ५७ जना पुरुष उम्मेदवार छन्।

जमानत जफत हुनेमा सबैभन्दा धेरै दाङ क्षेत्र नं. ३ का उम्मेदवार रहेका छन्। जहाँ प्रतिनिधिसभा तर्फ १३ जना र प्रदेशसभा तर्फ १५ जना उम्मेदवारको जमानत जफत भएको छ।

त्यसैगरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ १२ जना र प्रदेशसभा तर्फ ७ जनाको जमानत जफत भएको छ। दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ ८ जना र प्रदेशसभा तर्फ ९ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि स्वतन्त्र र दलका गरी ८९ जना चुनावी मैदानमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.