|

नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

गएराति सम्पन्न खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको हो।

नेदरल्याण्ड्सको जितका लागिकोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे।

जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ७ अंक जोडेको छ। ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो।

तीन खेलमा अंकविहीन रहँदै कतार प्रतियोगिताबाट बाहिरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.