|

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।

समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। 

यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुँदैछ।

यी दुवै खेल नेपाली समय अनुसार राति पौने १ मा हुनेछ। यी खेलबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.