|

काठमाडौं : सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।​

मंगलबार राति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो।​ सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे। इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए।

यस जितसँगै सेनेगल समूह ए को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो।​ सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ। सेनेगलले ३ खेलमा ६ अंक जोड्यो। इक्वेडर समूह चरणबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.