|

काठमाडौं : इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।

यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.