|

सप्तरी : कञ्चनरूप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ।

मंगलबार घाँटी रेटिएको अवस्थामा उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको हो। उनी सोमबार रातिदेखि बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको बताए। ‘तालिमप्राप्त कुकुरद्वारा घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.