प्रदेशसभामा दाजुभाई

|

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुन्।  

महासेठ पनि धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद भइसकेकी छन्। 

धनुषामा २०४३ सालमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेमबहादुर मल्ल र उनकी श्रिमती पनि विजयी भएकी थिइन्।  त्यतिखेर लोकप्रिय मत ल्याएर निर्वाचित भएका मल्ल दम्पतीसँग अहिले रघुवीरका दम्पतीलाई दाँज्ने गरिएको छ। 

सिराहा क्षेत्र नं ४ बाट निर्वाचित डा वीरेन्द्र महतो पनि जुलीका दाइहुन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।  उनी निर्वाचित हुनुअघि माछापुच्छे« बैङ्क सञ्चालक समितिको अध्यक्ष थिए। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै उहाँले बैङ्क अध्यक्षबाट राजीनामा दिएका छन्।  बैङ्क सञ्चालक समितिको अध्यक्षमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा वीरेन्द्रकै दाइ डाक्टर उपेन्द्र महतो नियुक्त भएका छन्। 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका ससुराबुबा लालवीर चौधरी पनि यस पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। लालवीर टीकापुर हत्याकाण्डमा जेल सजाय भुक्तान गरिरेका रेशम चौधरीका बुवा हुन्। 

उक्त पार्टीले सुरुमा रेशमलाई बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो तर जेल जीवन बिताइरहेको हुनाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न सक्ने अनुमानका आधारमा सोही क्षेत्रमा उन्मुक्ति पार्टीले लालवीरलाई पनि स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो।

पूर्वानुमानअनुसार नै निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरिदिएपछि उन्मुक्ति पार्टीले पूर्वयोजनाअनुसार लालवीरलाई समर्थन गर्ने निर्णय गरेको थियो। 

त्यस्तै रञ्जिता पनि सोही पार्टीका तर्फबाट कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।  नागरिक उन्मुक्ति पार्टी रेशमकै अगुवाइमा खुलेको हो। ढकी चुनाव चिह्न लिएर पहिलो पटक निर्वाचनमा भाग लिएको यस पार्टीले प्रतिनिधि सभा सदस्यमा तीन स्थान तथा प्रदेश सभा सदस्यमा पाँच स्थान जितेको छ।

पाल्पामा पनि एकै परिवारका दाजुभाइ दुई फरक जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।  पाल्पाको रामपुर निवासी राजुप्रसाद श्रेष्ठ पाल्पा १ कबाट पहिलो पटक निर्वाचित भए। उनका साहिँलो दाजु भोजप्रसाद श्रेष्ठ रुपन्देही २ खबाट प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएकोछ। 

चार भाइमध्ये श्रेष्ठ परिवारमा भोजप्रसाद साइँलो र राजु कान्छो हुन्। भोजप्रसाद र राजु दुवैको जन्म पाल्पाको रामपुरमा भएको हो। 

२०४४ सालमा दाजु भोजप्रसाद बुटवलमा बसाइँ सरेका थिए। त्यसपछि भोजप्रसाद २०४६÷४७ सालको जनआन्दोलनदेखि नै बुटवलको राजनीतिमा सक्रिय रहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.