|

काठमाडौं : बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। 

करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ।  सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो।

बिमा कम्पनीले ४५ करोड जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन। 

पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउने छन्। अहिले भुक्तान पाउनेहरुको सूची विभिन्न बिमा कम्पनीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेका छन्।

‘जहाँ तपाईंले बिमा गर्नु भएको थियो । त्यही बिमा कम्पनीबाटै रकम वितरण हुन्छ। कसकसले पाउने हो सबै विवरण वेबसाइटमा राखिदिएको हुन्छ,’ बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘ पीसीआर पोजेटिभ भएको र दर्ता मितिलाई पहिलो प्राथमिकता दिन्छौँ। त्यही प्राथमिकताअनुसार बाँड्छौँ। र अहिले चाहिँ हामीले सर्वसाधारण नागरिकलाई दिन्छौँ भनेर भनिसकेका छौँ।’

अहिले सरकारी कर्मचारी र संस्थाले नै बिमा गरिदिएका निजी क्षेत्रका कर्मचारीले भने रकम पाउने छैनन्। कुल साढे १२ अर्ब बराबरको रकममध्ये अहिले १ अर्ब ८१ करोड मात्रै भुक्तानी हुनेछ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.