|

विद्युत् प्रवाहमा गडबडी उत्पन्न भई भारतको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। सोही परिवारका तीनजनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार राति लागेको आगोमा परेर तीनजना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए। आगरा, इत्हा, मणिपुरीलगायत १८ वटा अग्निशमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए।

आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका कार्य थाल्न निर्देशन दिएको थियो। मुख्यमन्त्री कार्यालयले दिवङ्गतको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र आवश्यक उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

यसैबीच राज्यको बहराइच जिल्लामा आज बिहान सबेरै भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्लाको टप्पे सिपाह क्षेत्रमा रोडवेजको बस र ट्रक एक आपसमा ठोक्किदा उक्त हताहती भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजक छ। उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.