|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ। 

१ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख १३ हजार, नेपाली कांग्रेसले २५ लाख ७७ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ९ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टी बन्नका लागि थ्रेस होल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले २ लाख ८९ हजार मत प्राप्त गरेको छ । यो कूल सदर मतको २ दशमलब ८५ प्रतिशत मात्रै हो। राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.