|

काठमाडौं : बबरमहलस्थित आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनले हिन्दू धर्म र बुद्धको उत्पत्तिका सिद्धान्तहरू र नेपालमा जरा गाडेका दुई धर्म र दर्शनहरूलाई विभिन्न अवतारहरू र असंख्य प्रकारका युगहरू, प्रतीकात्मकता र प्रतिमा विज्ञानमा परिणत गर्ने आयोजकको भनाइ छ।

नेपाल आर्ट काउन्सिलको ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको स्वर्ण जयन्तीको उपलक्ष्यमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी गरेको हो।

प्रदर्शनले हिन्दू र बौद्ध धर्मको उत्पत्ति, नेपालको मौलिक धर्म र दर्शनको बारेमा जानकारीसमेत दिने बताइएको छ। प्रदर्शनीमा १ सय ६० कलाकारले बनाएका कलाकृति राखिएको छ। मंसिर ११ गतेदेखि सुरू भएको प्रदर्शनी २५ गतेसम्म रहनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.