जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्णायक

|

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ।

पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या धेरै देखिन्छ। एमाले गठबन्धनको २७ सिट पुगेको छ भने सत्ता गठबन्धन दलको प्रत्यक्षमा २९ सिट जितेको छ। दुई गठबन्धनबीचको सिट संख्या हेर्ने हो भने प्रदेश १ का एमाले गठबन्धन पहिलो स्थानमा छ।

९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर छ। तैपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ। प्रदेश १ मा सरकार गठन गर्नका लागि आवश्यक संख्या ४७ चाहिन्छ। अग्रताका हिसाबले एमाले गठबन्धन देखिएकाले प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बन्न सकस छ।

समानुपातिकमा पनि एमाले पहिलो, दोस्रोमा काँग्रेस

प्रदेश १ को पछिल्लो मतपरिणाम अनुसार प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो देखिएको छ। १८,०२,९०७ मत गणना हुँदा एमालेले ६,२९,८८५ मत ल्याएको छ भने समानुपातिक मतमा नेपाली काँग्रेस दोस्रो स्थानमा छ।

नेपाली काँग्रेसले ५,२९,८९६ मत पाएको छ भने तेस्रो स्थानमा रहेको राप्रपाले १,९०,६०४ मत पाएको छ। माओवादीले चौथो स्थानमा चित्त बुझाउनुपरेको छ। माओवादी केन्द्रले १,७७,२६१ र जसपाले ५८,५११ मत पाएका छन्। नेकपा एकीकृत समाजवादी पाँचौँ स्थानमा छ। समाजवादीले ५४,६८७ मत पाएको छ। अन्य दलले थ्रेस होल्ड कटाएका छैनन्।

समानुपातिकमा कुन दलले कति सिट ?
पछिल्लो समयको समानुपातिक मत हेर्ने हो भने नेकपा एमालेले १४ सिट समानुपातिकमा पाएको छ। नेपाली काँग्रेसले १२ सिट, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा सिट, जसपाले १ सिट र नेकपा समाजवादीले १  सिट पाउने अनुमानित देखिन्छ।

समानुपातिकको अन्तिम मत परिणाम आए एमाले गठबन्धनलाई समानुपातिकमा १९ वटा सिट हुन्छ। सत्ता गठबन्धनले प्रत्यक्षमा २९ सिट जितेको छ भने समानुपातिकमा काँग्रेस, माओवादी र नेकपा समाजवादीको गरेर १७ सिट थप गर्दै ४६ सिट पुर्‍याएको छ।
 

सत्तागठबन्धनको निर्णायक जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बन्न जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको निर्णायक भूमिकामा देखिन्छ। अघिल्लो प्रदेशसभामा पाँचदलीय गठबन्धनमा रहेर निर्णायक भूमिका खेलेको उक्त पार्टीले समानुपातिकमा थ्रेस होल्ड कटाए एउटा सांसद पाउन सके सत्ता गठबन्धनको सरकार बनाउन प्रमुख भूमिकाको रूपमा देखिन्छ।

निर्वाचनअघि पाँचदलीय गठबन्धनमा रहेको जसपा निर्वाचनको मुखैमा एमालेसँग चुनावी तालमेलमा गए पनि गठबन्धन सरकार रुष्ट छैन। जसपाका तर्फबाट एकजना स्वास्थ्यमन्त्री रहेका जयराम यादव अहिलेसम्म पनि बहालवाला नै छन्। यो आधारले पनि सत्ता गठबन्धनको सरकार बन्न जसपा निर्णायक रहेको देखिन्छ।

प्रदेश १ मा विजयी उम्मेदवार 
प्रत्यक्षमा नेकपा एमाले विजयी उम्मेदवारहरू
१) पाँचकर्ण राई, खोटाङ (क) 
२) जयप्रकाश चौधरी, मोरङ ४ (क) 
३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ (क) 
४) रामबहादुर राना, इलाम २ (ख) 
५) विदुरकुमार लिङ्थेप, संखुवासभा (ख) 
६) तिलचन पाठक, झापा २ (ख) 
७) छविलाल चूडाल, झापा ३ (ख) 
८) राधाकृष्ण खनाल, झापा ४ (क) 
९) हिक्मतकुमार कार्की, झापा ५ (क)
१०) होमबहादुर थापा, झापा ५ (ख) 
११) एकराज कार्की, झापा २ (क) 
१२) इन्द्रमणि पराजुली, धनकुटा (ख) 
१३) उमाकान्त गौतम, मोरङ १ (क) 
१४) लीलाबल्लभ अधिकारी, मोरङ २ (ख) 
१५) निरन राई, धनकुटा (क) 
१६) रेवतीरमण भण्डारी, सुनसरी २ (क) 
१७) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु (ख) 
१८) किशोरचन्द्र दुलाल, तेह्रथुम (क) 
१९) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (ख) 
२०) रमेशकुमार बस्नेत, सुनसरी १ (क) 
२१) रोहितबहादुर कार्की, सुनसरी ३ (क) 
२२) खड्गबहादुर बस्नेत, मोरङ १ (ख) 
२३) विजयकुमार राई, सुनसरी १ (ख) 
२४) रामप्रसाद महतो, सुनसरी २ (ख) 
२५) रामदेव यादव, सुनसरी ३ (ख) 
 
नेपाली काँग्रेस विजयी क्षेत्रहरू
१) भूपेन्द्र राई, खोटाङ (ख) 
२) प्रदीपकुमार सुनुवार, ओखलढुंगा (क) 
३) गोपाल तामाङ, झापा १ (क) 
४) रामकुमार खत्री, उदयपुर २ (ख) 
५) मानबहादुर लिम्बू, मोरङ ३ (क) 
६) गयानन्द मण्डल, मोरङ ५ (क) 
७) खगेनसिंह हाङ्गाम, ताप्लेजुङ (ख) 
८) भूमिप्रसाद राजवंशी, झापा ३ (क) 
९) सन्तोष सुब्बा, तेह्रथुम (क) 
१०) विनोद राई, भोजपुर (ख) 
११) भीम पराजुली, मोरङ ४ (ख) 
१२) अमृत अर्याल, मोरङ ५ (ख) 
१३) सदानन्द मण्डल, सुनसरी ४ (क) 
१४) इसाइल मन्सुरी, सुनसरी ४ (ख) 
१५) गोविन्द गिरी, इलाम २ (क) 
१६) शमशेर राई, इलाम १ (ख) 
१७) हिमाल कार्की, उदयपुर १ (ख) 

माओवादी केन्द्र विजयी क्षेत्रहरू
१) इन्द्रबहादुर आङ्बो, पाँचथर २ 
२) बाबुराम गौतम, ओखलढुंगा १ (ख) 
३) नारायणबहादुर मगर, उदयपुर २ (क) 
४) राजेन्द्र कार्की, संखुवासभा (क) 
५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम (ख) 
६) गणेशप्रसाद उप्रेती, मोरङ २ (क) 
७) गोम्बु शेर्पा, सोलुखुम्बु (क) 
८) जीवन आचार्य, मोरङ ६ (क) 
९) राजन किराँती, उदयपुर १ (क) 

नेकपा समाजवादी विजयी क्षेत्र
१) राजेन्द्रकुमार राई, भोजपुर (क) 
२) कमलप्रसाद जबेगु, पाँचथर (क)  
३) खिनु लङ्वा लिम्बू, इलाम १ (क) 
 
राप्रपा विजयी क्षेत्र
१) सविना बजगाईं, झापा १ (ख) 
२) भक्तिप्रसाद सिटौला, झापा ४ (ख)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.