|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। 

प्रचण्डका साथमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै छोरीहरु रेनु र गंगा पनि छन्। निर्वाचनको नतिजा आउने क्रममा अन्तिम चरणमा पुगेका बेला प्रचण्ड आफूनिकटका नेता सापकोटासहित सुकुटे जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

उनी राजनीतिक तनाव कम गर्न, पार्टीका दस्तावेज लेखन वा कुनै महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे पुग्ने गर्दछन्। 

प्रचण्डलाई सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव सापकोटा सुवोधलगायतका पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए। सुकुटे पुगे लगत्तै उनले र्‌याफ्टिङ गरेका छन्। उनी आज सुकुटेमै बस्ने बताइएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.