|

बैतडी : बैतडीमा आज एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। जिल्लाको पञ्चेश्वर गापा–४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो।

मायाको आज दिउँसो शिवनाथ गापा–६ शिवनाथमन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गापा र शिवनाथ गापाको सीमास्थित बालाडाँडामा  फेला परेकी हुन्

 उनलाई उपचारार्थ पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ।

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने ठाउँमा हिँडेका र बुधवारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। 
घटनाको थप अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.