|

विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि जित निकालेको छ।

कतारका लुसाइल स्टेडियममा गएराति मेक्सिकोले साउदी अरेबियालाई २–१ गोल अन्तरले हराएको हो।

खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। ५२ औँ मिनेटमा लुईस चाभेजले  गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिए।

खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे।

साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.