|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन्। 

स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको भन्दै पोखरेलले यस्तो आरोप लगाएका हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्याङजा  र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ।’

आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै स्याङ्जामा मतगणना सुरु भएको छ भने बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.