|

कतारमा जारी विश्वकप फुटबलमा बिहीबार समूहचरणका समूह इ र एफका अन्तिमचरणका खेलहरु हुँदै छन्।

जहाँ जर्मनी सर्वाधिक दबाबमा रहेको छ। पहिलो खेलमा जापानसँगको हार र दोस्रो खेलमा स्पेनसँगको बराबरीले अन्तिम खेलमा जित निकाल्नु पर्ने दबाब जर्मनीलाई छ। आफ्नो जितसँगै जर्मनीले स्पेनको जितको समेत कामना गर्नु पर्ने छ।

पहिलो खेलमा नै जापानसँग हारेपछि रक्षात्मक बनेको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकियो। स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिकाको समान ३-३ अंक रहेको छ। जर्मनीको १ अंक रहेको छ। त्यसैले जर्मनीलाई नकआउट चरणमा पुग्नका लागि स्पेनको आस गर्नु पर्ने छ।

युरोपियन जायन्ट जर्मनी अन्तिम खेलमा कोस्टारिकालाई हराउनेमा विश्वस्त देखिन्छ। स्पेनसँग फराकिलो अन्तरले हारेको कोस्टारिकाले जापानलाई पराजित गरेकाले अन्तिम खेलमा जर्मनीलाई हराउन सके नकआउटको सम्भावना कायम रहने छ।

त्यसैले सबै चार टिमको समूहमा अघिल्लो चरणको आशा कायम भएकाले  समूह इ अन्तर्गतको यो भिडन्त महत्वपुर्ण हुने आँकलन गर्न सकिन्छ।

बिहीबार हुने खेलमा जर्मनीले कोस्टारिका तथा स्पेनले जापानलाई पराजित गरेमा जर्मनी नकआउटमा पुग्ने छ। तर दुबै खेल गोलरहित बराबरी भएको खण्डमा भने स्पेन र जापानले विश्वकपको नकआउटमा स्थान बनाउने छन्।

जापान स्पेनविरुद्ध अर्को सनसनिपुर्ण नतिजाको प्रतिक्षामा हुँदा स्पेनको भने आफ्नो बलियो छवि कायम राख्दै जितका साथ समूह विजेताका रुपमा नकआउटमा पुग्न चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.