|

विराटनगर : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सदस्य संख्यामा शेरबहादुर देउवाकै वर्चस्व रहेको बताएका छन्।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले सदस्य स‌ंख्या भनी प्रतिनिधिसभामा विजयी काँग्रेसका सांसदलाई सङ्केत गरेका हुन्।

उनले संसदीय दलको निर्वाचनमा जानका लागि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताए। उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयमा खुलेर बताए। काँग्रेसको संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने कोइराला खुलेर बोल्न चाहेनन्।

‘सदस्य संख्या (नम्बर गेम)मा यसै हेर्दा शेरबहादुरजीकै वर्चस्व देखिन्छ’, उनले भने, ‘हामी कसरी जाने भनेर म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्ति अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अरू साथीहरूसँग पनि कुरा गर्छाैं।’

पार्लियामेन्ट्री पार्टीको लिडरसिपका लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै रहेको बताउँदै उनले आफूहरूले नम्बर पुर्‍याउनका लागि कोसिस गर्ने बताए। उनले भने, ‘नम्बर गेम लिनलाई प्रयास गर्ने हो तर नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन।’

नेता डा. कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद समेत दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.