|

काठमाडौं : नेपालमा पुनः २ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय  पुनः दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको हो।

योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ।

गत साउनयता नेपालमा हालसम्म  ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमित भएको पुष्टि भएको छ।डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.