|

रौतहट : रौतहट जिल्लाको  गौर नगरपालिका-५ स्थित बरहवा पुल इलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-४ संग्रामपुर बस्ने २९ वर्षीय राजुकुमार यादव र सोही नगरपालिका-९ बरियारपुर बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव छन्।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३   प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथमा फेला पारेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.