|

दोलखा : दोलखाका १० वटा बुथमा आज पुनः मतदान भएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले निर्देशन दिएपछि दोलखाका चारवटा वडामा पुनःनिर्वाचन गरिएको हो।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुको बैतेश्वर माविको क, ख र ग, वडा नम्बर २ को जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नम्बर ३ को कालिढुंगा मावि मतदान केन्द्रको क, ख र ग तथा तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रको क, ख  गरी १० वटा बुथमा आज पुनः मतदान भएको हो।

यी क्षेत्रका मतदाताले १० दिनमा दोस्रोपटक मतदान गरेका हुन्। आजको मतदान शान्तिपूर्णसम्पन्न भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

प्रदेशसभाका उम्मेदवार रहेका कुन्दन काफ्ले चढेको गाडीमा ढुंगामुढा भएको थियो। दोलखाको मतदानका लागि ८० जना कर्मचारी र एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएकाले शान्तिपूर्र्ण रूपमा निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। जिल्लाको १० बुथमा ८,५१५ जना मतदातामध्ये ४,०५७ अर्थात् ५० प्रतिशत मत खसेको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

जिल्लामा अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको श्रेष्ठले बताए। जिल्लामा कुल एक लाख ६१,४५० जना मतदाता रहेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.