|

जर्मनी विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ। कतारको अल बायत स्टेडियममा गएराति कोस्टारिकालाई ४–२ गोल अन्तरले हराए पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।

खेलको १० औँ मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर ५८ औँ मिनेटमा एल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ गोलको बराबरीमा ल्याए।

७० औँ मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए। ७३ औँ मिनेटमा सब्सिच्युड खेलाडी काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए।

८५औँ मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। ८९ औँ मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए । 

जितपछि पनि  जर्मनी समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा पुगेर प्रतियोगिताबाटै बाहिरियो। जर्मनीले ३ खेलमा ४ अंक जोडेको थियो। कोस्टारिका ३ अंक जोडेर पुछारमा रहँदै बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.