|

क्यानडालाई २–१ ले पराजित गर्दै मोरक्को विश्वकप फुटबलको समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

मोरक्कोका लागि जीएचले चौथो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए। एन न्यासेरिले २३ औँ मिनेटमा गरे। 

पहिलो हाफमा गोल फर्काउने क्रममा क्यानडाले आत्मघाती गोल उपहार पायो। मोरक्कोका अग्वेर्डले बल क्लियरको प्रयासमा ४० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे।

यो जितसँगै मोरक्को समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ। मोरक्कोले तीन खेलमा ७ अंक जोड्यो ।

क्यानडा अंकविहीन बन्दै घर फर्किएको छ। उसलेतीनै खेलमा हार व्यहोर्यो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.