|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ।

सिंहको ७५ वर्षको उमेरमा बिहीबार दिउँसो १२ ३० बजे निधन भएको हो।  बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

स्व. सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्यसचिव थिए। ब्याडमिन्टनका खेलाडी समेत रहेकासिंह ६ पटक राष्ट्रिय च्याम्पियन बने। उनी नेपाल ब्याडमिन्टन संघको अध्यक्ष समेत बनेका थिए।

उनको अन्त्येष्टि शुक्रबार गरिँदैछ। छोरी बेलायतबाट फर्किएपछि ताहाचलस्थित घरमा अन्तिम श्रद्धाञ्जली दिई दाहसंस्कार गरिने आाफन्तले जनाएका छन्।

स्व. सिंहका श्रीमती र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.