|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। 

नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भुमिका खेल्नुपर्ने बताए। 

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको बताए। 

बिहीवार मेलम्ची अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघीय सरकारले अहिले पनि मेलम्चीवासीका समस्या नसुनेको स्थानीयहरुको गुनासो रहेको नेता सिंहले बताए। उनले जटिलताको समयमा काम गर्दा पनि कर्मचारीहरुले तलव पाउन नसकेको जानकारी दिए।  नेता सिंहले कर्मचारीहरुको तलव र आवश्यक कामहरु अघि बढाउने कुरामा संघीय सरकारले कन्जुस्याँइ गर्न नहुने तर्क थियो। 

नेता सिंहले संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिका सहभागी भइ विज्ञहरुले दिएको सुझावमा छलफल गरी व्यवस्थित तरिकाले पानी वितरण गर्न आवश्यक रहेको बताए। उनले आफू काठमाडौंवासीलाई पानी पिउने वातावरण र व्यवस्था मिलाउन निरन्तर रुपमा चासोका साथ अघि बढ्ने प्रतिवद्धतासमेत जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.