|

काठमाडौं :  सिभिल बैंकले २०७९ मंसिर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम आज डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरू डिजिटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी हुन्।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंक कै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्र मै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरू पारदर्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने बताइन्।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल सुदुर पश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरू डिजिटल रूपमा क्यू आर कोडमार्फत भुक्तानी गर्न त्यसरी नै डिजिटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए।

प्रमुख अतिथि तथा प्रतिनिधी सभा सदस्य एवं पूर्व माननीय मन्त्री रमेश लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरू अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्र कै उत्पादकत्व बढाउन सकिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.