|
Photo: MOFA Taiwan

काठमाडौं :  चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ। 

उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त जवाफ दिइने चेतावनी समेत दिएको छ।

बेलायती संसदको विदेशमामिला समितिका सदस्यहरुको एक टोली हाल ताइवान भ्रमणमा छ। मंगलबार ताइवान पुगेको सो टोली उच्च राजनीतिक भेटघाटमा व्यस्त छ।

टोलीले बिहीबार ताइवानका प्रधानमन्त्री सु सेङ्ग चाङ्गसँग भेटेको छ भने  आज राष्ट्रपति साई इंग वेनसँग भेट्ने कार्यक्रम छ। 

बेलायतस्थित चिनियाँ दुतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै बेलायती सांसदहरुको उक्त भ्रमण बेलायतले अंगिकार गर्दै आएको एक चीन नीतिको खुला उल्लंघन भएको जनाएको छ।

गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको विवादास्पद भ्रमण गर्दा चीन निकै आक्रोशित भएको थियो। 

Embassy spokesperson on the visit to Taiwan by a delegation of the House of Commons of the UK Parliamenthttps://t.co/ZasIiKSDDY pic.twitter.com/Oo2daJD2A6

— Chinese Embassy in UK (@ChineseEmbinUK) December 1, 2022

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.