|

धनगढी : धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु  भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो (बिहिबार) ग्रेडरले   चेतना साउदलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो।

विद्यार्थीहरूले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय पनि आन्दोलित भएका हुन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए।

बिहिबार जिल्ला प्रशासन कार्यालय कैलालीले साउदको मृत्यु भएपछि धनगढी तनावग्रस्त बनेपछि साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.