|

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फ्लोअप उपचारका लागि आज चीन जाने भएका छन्।

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै​सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ।  नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन्। काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्।
चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.