|

दोलखा : जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनको मतगणना जारी  छ। प्राप्त तथ्यांकअनुसार दोलखामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ।  प्रतिनिधिसभातर्फ माओबादी केन्द्रका गंगा कार्कीले ४ हजार १ सय ११ मत प्राप्त गर्दा, नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार ६ सय ७५  मत प्राप्त गरेका छन्।

कार्कीले एमालेका उम्मेदवार  शिवाकोटीलाई १ हजार ४ सय २५ मतले पछि पारेका हुन्। प्रदेशसभा क तर्फ गौरीशंकर गाउँपालिकाको वडा नम्बर ६ बाहेक ८ वटै वडाको  मतगणना सकिएको छ  भने अहिले कालिञ्चोक गाउँपालिकाको मतणना सुरु भएको छ।

यस्तै, प्रदेशसभा सदस्यको लागि प्रदेशसभा क का  कांग्रेसका उम्मेदवार कुन्दन काफ्लेले २ हजार ८ सय ७५  मत प्राप्त गर्दा एमालेका उम्मेदवार नरबहादुर  श्रेष्ठले १ हजार ८  सय ५७ मत प्राप्त गरेका छन्। श्रेष्ठ १ हजार १८  मतले पछाडि छन्। प्रदेशसभा ख मा भने कांग्रेका बर्मा लामाले ३ हजार  ५ सय १३ मत प्राप्त गर्दा एमालेका भरत बहादुर केसीले २ हजार ५ सय १३  मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार केसी १ हजार मतले  अगाडि छन्। केही बेरपछि जिल्लामा समानुपातीक तर्फको पनि मतगणना सुरु गर्ने तयारी भइरहेको दोलखका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए।  दोलखामा हिजो बेलुका ९ बजेबाट मतगणना सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.